काठमाण्डौ / बार्सिलोनालाई तीन–दुई गोल अन्तरले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति भएको खेलमा एट्लेटिको मडिड्रलाई जिताउन खेलको अन्त्यतिर एन्जिल कोरियाले गोल गरे। एट्लेटिको मड्रिडका लागि ४६औँ मिनेटमा कोकी क्लिनिक, ८१औँ मिनेटमा अल्भरो मोराटा र ८६औँ मिनेटमा एन्जिल कोरियाले गोल गरे। 

बार्सिलोनाका लागि लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरे। 

अब स्पेनिस सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। रियलले भने भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।