सुनसरी/ सुनसरीको इटहरी ३स्थित त्रिवेणी चोकमा स्थानीय ट्याक्टर मजदुरलाई कुटपिट गर्ने इटहरीका ‘जनप्रतिनिधी’ले माफि मागेका छन्। बुधबार ईलाका प्रहरी कार्यालय इटहरीमा भएको छलफलमा ‘जनप्रतिनिधी’ले माफि मागेका हुन्।

नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर ३को वडा सदस्यमा निर्वाचित बावुराम नेपालले आँफुबाट गल्ति भएको भन्दै पिडित युवा समक्ष इलाका प्रहरी कार्यालय इटहरीमा माफि मागेका हुन्। नेपालले इटहरी ३स्थित त्रिवेणी चोकमा स्थानीय ट्याक्टर मजदुरहरुलाई कुटपिट गरेका थिए।

के थियो घटना ?
२०७६ साल पौष २२ गते साँझ दिनभर ट्याक्टरमा काम गरेर फर्कँदै गरेका मजदुरलाई इटहरी ३स्थित त्रिवेणी चोकमा स्थानीय केहि युवाहरुले आक्रमण गरेका थिए।

घटनापछि प्रहरीले आक्रमण गर्ने युवा तथा पिडितलाई छुट्याएको थियो।छुट्याएको केहि समयपछि आईपुगेका ‘जनप्रतिनिधी’ समेत रहेका बावुराम नेपालले ति युवालाई कुटपिट गरेका थिए।

कुटपिटबाट सामान्य घाईते भएका युवाहरुले साँझ नै प्रहरीमा उजुरी दिन खोजेपनि स्थानीय केहि ‘अगुवा’को भनसुनपछि भोलिपल्ट(पौष २३ गते) छलफल गर्ने भन्दै पिडितका अभिभावकको उपस्थिती बिना नै कुटपिटमा संलग्नलाई छाडिएको थियो। भोलीपल्ट (पौष २४ गते बुधबार) ‘जनप्रतिनिधी’ समेत रहेका नेपालले इप्रका इटहरीमा माफि मागेका हुन्।