एजेन्सी/ शारीरिक सम्बन्धका लागि महिलाको तुलनामा पुरुष अग्रसर बन्नु पर्ने हुन्छ। धेरै महिला पुरुषको यौनइच्छाअनुसार नै शारीरिक सम्बन्धका लागि तयार हुन्छन्। महिला पुरुषको तुलनामा यौनमा कमै अग्रसर हुने गरेको विभिन्न अध्ययनमा देखिएको छ।

पुरुषहरुले आफ्नो श्रीमतीसँग यौन इच्छा व्यक्त गर्दा महिलाहरु भने श्रीमानको इच्छालाई सर्वोपरी ठानेर इच्छा व्यक्त गर्दैनन्। धेरै महिलाले पुरुषको यौन सुन्तुष्टिका लागि शारीरिक सम्बन्ध कायम गर्न तयार हुनुपर्छ तर त्यस्तो अवस्थामा पनि उनीहरुले आनन्द महसुस गर्छन्।

धेरैले महिलामा यौन चाहना कम भएको बताउँछन्। यसमा सत्यता छ त ? पुरुषको तुलनामा महिलामा यौन इच्छा कमहुने सत्य भए पनि उनीहरु खुल्दैनन्। यौनइच्छा कम भएर भन्दा पनि उनीहरुले व्यक्त नगरेर त्यसो भएको बेलायती अध्ययनकर्ताहरुले निष्कर्ष निकालेका छन्।

महिलाहरु यौनमा नखुल्नुको कारणमा शारीरिक तथा प्रजनन् समस्या, उमेर, परिस्थितिलगायतका कारण रहेको अध्ययनको निष्कर्ष छ। दैनिक हुने क्रियाकलापले महिलामा धेरै प्रेसर हुन्छ।

त्यसकारण पनि पुरुषको तुलनामा महिला शारीरिक सम्बन्धका लागि खुल्दैनन्। परिवारको वातावरण, श्रीमानसँगको सम्बन्ध, शारीरिक श्रमलगायतका कारणले पनि महिलाको यौनइच्छामा ह्रास आउँछ।

महिलामा उमेर बढ्दै गएपछि टेस्टोरन हर्मोन घट्दै जान्छ। यौन अंगमा बिस्तारै विभिन्न प्रकारका संक्रमण बढ्न थाल्छन्। बच्चा जन्मिएपछि झन्झन् यो समस्या बढ्छ। जीवनशैली पनि बिस्तारै व्यस्त हुन थाल्ने भएकाले पनि यौन इच्छामा कम रुची हुने गरेको अध्ययनको निष्कर्ष छ।

गर्भनिरोधक चक्कीले पनि यौन इच्छामा कमि ल्याउँछ। मनौवैज्ञानिक रुपमा महिलाहरु जति कमजोर बन्दै जान्छन् ,त्यती नै यौन इच्छामा कमी आउँछ।