सुनसरी/ माघ १ गतेदेखि सुनसरीको इटहरीमा हुने क्यान इन्फोटेक प्रदर्शनीको शिर्ष प्रायोजक प्रभु पे हुने भएको छ। यस्तै एसोसिएट प्रायोजकमा वल्र्डलिंक कम्युनिकेशन लिमिटेड,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्स हुने भएको छ।

त्यस्तै प्लाटिनम स्पोन्सरमा पाइन अभोरसिज प्रा.लि.सिल्भर प्रायोजनमा एनटिएभी टोटल सेक्यूरिटी, एक्सपोर्ट एजुकेसन एण्ड भिजा सर्भिस र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन रहेका छन्। त्यस्तै आइटी कलेज पाटर्नरमा इटहरी इन्टरेशनल, गेमिङ पाटनर एम.एस.आइ.ले गर्ने भएका छन्।

माघ १ गते देखि ५ गते सम्म इटहरीस्थित जनता स्कुलको खेल मैदानमा सञ्चालन हुने सो प्रदर्शनीका स्पोनसरहरु लगभग अन्तिम चरणमा पुगेको र केहीसँग लिखित सम्झौता गर्न बाँकी रहनुका साथै स्टल बुकिङ धमाधम भईरहेको क्यान सुनसरीका अध्यक्ष बिशाल बास्तोलाले बताउनुभयो।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हनुका साथै इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने जनाइएको छ।

त्यसै इन्फोटेकमा आट्र्र्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ।