एजेन्सी / साँप तपाई हमीलेदेखे जानेकै जीव हो यो टाउकोदेखि पुच्छारसम्म नै करीब करीब डोलो हुन्छ। यसको एका पट्टि मुख र अर्कोतिर पुच्छर हुन्छ। यो लचिलो हुन्छ। र, यसको हड्डी हुँदैन जस्तो हामीलाई लाग्छ।

झट्ट हेर्दा साँपको बनौट यस्तो देखिन्छ। तर यस्को टाउको र पुच्छरबीचको भागको बनौट अति जटील हून्छ। यसको त्यही भागबीचमा मेरुदण्ड, पाचन प्रणली, एउटा केलजो, एउटा मुटु र मेरुदण्ड भएका प्राणीहरु पाईने अन्य प्रायः सबै अंगहरु हुन्छन्।

साँपको प्रमुख विशेषता भनेकै यसको खुट्टा हुँदैन। अर्को कुरा, साँपको आँखा ढाक्ने छालानै हुँदैन। यसले गर्दा साँपको आँखा शिसा जस्तो स्थिर, नझिम्किने हुन्छ यसको आँखा ढाक्ने छालाको सट्टामा नचल्ने पारदर्शी पत्र रहेको हुन्छ।

धेरै साँपको एउटा मात्रै फोक्सो हुन्छ। फलतः साँपको शरीरमा अन्य अंगहरुका लागि धेरै ठाउँ हुन्छ। तर अजिंगर र अन्य केही जातीका साँपहरुमा भने दुइटा फोक्सोहरु हुन्छन्।

साँपको कान पनि हुँदैन। तर कम्पनप्रति यीनीहरुको शरीर अति संवेदनशील हुन्छ। साँपले जमीनको कम्पानबाट आफ्नो वरिपरिको वस्तुहरुबारे थाहा पाउँछ। त्यसबाहेक, साँपको अन्य केही संवेदनशीलता हुन्छ, जसले गर्दा साँपले सुन्न नसकेपनि चाल पाउछ।

प्रायः सापले राम्रो देख्न सक्छ। साँपले आफ्नो शिकारलाई त्यसको आकार वा रंगबाट भन्दा त्यसको चलाइ वा गतिबाट थाहा पाउँछ। साँपको सुघ्ने शक्ति पनि अति तीब्र हुन्छ, जसको मद्दतले साँपले आफ्ना शिकार, शत्रु र अन्य साँपहरुबारे थाहा पाउँछ।