काठमाण्डाै / केही दिनदेखि बढिरहेकाे सुनकाे भाउ मङ्गलबार घटेकाे छ। 

मङ्गलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। साेमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो।

यस्तै मङ्गलबार चाँदीकाे भाउ पनि घटेकाे छ। तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

सुनको भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ। गएका केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो।

गएकाे वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ।