ईटहरी/ सुनाखरी कला केन्द्र इटहरीको आयोजनामा गायक दुर्गा पराजुलीको एकल देशभक्ति गित गायन कार्यक्रम देश कहाँ... ? सञ्चालन हुने भएको छ । “राष्ट्रिय एकता र स्वाधिनत्ताको लागि राष्ट्र भक्ति गित” मुख्य नारा दिएको कार्यक्रममा गायक दुर्गा पराजुलीले देश भक्ति गित गाउने भएका हुन्।

कार्यक्रम पुस २६ गते शनिबारका दिन राष्ट्रिय एकता दिवसको अबसरमा ईटहरीस्थित सेन्टर प्लाजा भवन अगाडी हुने गायक पराजुलीले बताएका छन्। गायक पराजुलीले देशमा धेरै परिवर्तन भए लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने शिलशिलामा हजारौँ गोर्खाली लडेर एकिकरण गरेको देश तथा नेपाल एकिकरण गर्नका निमित्त बिभिन्न युद्ध लडेर आफ्नो देशलाई अन्तराष्ट्रिय जगतमा चिनाएका एवम् पृथ्वी नारायण शाहको योगदानलाई अहिलेको हाम्रो पुस्ताले बिर्सिनु हुदैन भन्दै राष्ट्रिय एकताको सन्देश दिनलाई कार्यक्रम गर्न लागेको बताएका छन्।

कार्यक्रममा सयौँको संङ्ख्यामा साहित्यकार,कलाकार, तथा संगित पारखी दर्शकको सहभागीता रहने आयोजकले बताएको छ ।