धरान / धरान उपमहानगरपालिकाले १३ औं सागमा नेपाललाई पदक दिलाउने धराने खेलाडीलाई सम्मान गरेको छ।

धरान डेको अवसरमा आयोजित धरान महोत्सवमा उनीहरूलाई धरान बजार परिक्रमा गराई नगदसहित सम्मान गरेको हो। १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा धरानबाट पदक विजेता खेलाडीहरुलाई प्रदेश नम्बर एकका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा नगद सहित सम्मानीत गरेको हो।

सागमा स्वर्ण पदक जित्नेलाई नगद ५० हजार रुपैँया, रजत जित्नेलाई ३५ रुपैँया र कास्य पदक हात पार्नेलाई २५ हजार रुपैँया प्रदान गरिएको छ। सागमा धरानकी सिना मादेन, निता गुरुङ, स्वस्तिका तामाङ लगायतका खेलाडीले पदक जितेका थिए।