सेक्स एक सुन्दर अनुभूति हो चाहे यो पहिलो पटक होस या नियमित, यसले कुनै फरक पर्दैन। महिलाले हाम्रो सामाजिक चेतनाका कारण आफ्नो सेक्स इच्छा बारे खुलेर भन्न सक्दैनन्। के तपाईंलाई थाहा छ एक महिला सेक्सको दौरानमा के चाहन्छिन्। यहाँ तपाईंलाई हामी एक महिला सेक्सको दौरानमा के चाहन्छिन् तर भन्न सक्दिनन् भन्ने कुरा बताउनेछौं।

प्रेम र रोमान्स : सेक्सपछि तपाईंको पार्टनरलाई प्रेमले भरिएको अंकमाल आवश्यक पर्छ । सेक्सपछि जहिल्यै उनलाई प्रेमपूर्वक मुसार्नुहोस। उनीसँग गफ गर्नुहोस उनीप्रति कृतज्ञ हुनुहोस।

स्पर्शको भाषा : हरेक महिला चाहन्छिन् की उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्श गरोस। यो तरिका अपनाउँदा सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ। यदि तपाईं सेक्स पार्टनरको साथमा हुनुहुन्छ भने यो कुरा नभुल्नुहोस।

उनको तारिफ गर्न नभुल्नुहोस : आफ्नै तारिफ सुन्न हरेक मानिस आतुर हुन्छ नै। सेक्सको दौरानमा उनलाई ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले उनलाई खुसी बनाउने छ। अन्य तरिकाले पनि तपाईंले आफ्नो पार्टनरको तारिफ गर्न सक्नुहुनेछ। उनलाई महसुश गराउनुहोस की उनी कति सुन्दरी र राम्री छिन।

सेक्सपेरिमेन्ट : सेक्सको दौरानमा फरक–फरकका एक्सपेरिमेन्ट पनि महिलाले मन पराउँछिन। यो प्रयोगले सेक्सलाई निकै आनन्द बनाउनेछ।

डर्टीटक : सेक्सको दौरानमा डर्टीटक पनि महत्वपूर्ण मानिन्छ। जसलाई महिलाले स्वीकार पनि गर्छिन्। यसले महिलालाई सेक्सको भोक बढाउने काम गर्छ।

उनी आफैलाई नेतृत्व गर्न दिनुहोस : सेक्सको दौरानमा उनी आफैलाई नेतृत्व गर्न दिनुहोस। उनले आफ्नो पुरुष साथीसँग प्रतिस्पर्धा चाहन्छिन। उनको भावनाको निकै ख्याल गर्नुहोस।

भूमिका : आफ्नो भूमिकाबारे महिला निकै आकर्षित हुन्छन। आफ्नो क्षमताद्वारा उनलाई उचित भूमिका दिनुहोस।

फन्टासी : बेडरुममा उनलाई फन्टासी पनि मनपर्छ। सेक्समा फन्टासीको प्रयोगले दुवैजना रमाइलो महसुस गर्छन्। उनको फन्टासीको बारेमा जरुर बुझ्नुहोस।

-एजेन्सीको सहयोगमा