चिताइन मैले कसैको पाप ।
देखाए मैले सबमा सद्भाव ।
खोसिन कसैको गाँस र बास ।
तर पनि भयो जिन्दगीमा उठिबास ।
किन ??
बास माग्दै आउनेलाई बास दिए।
गाँस माग्दै आउनेलाई गाँस दिए।
जीवनदेखि हार्नेलाई साहस दिए।
तर आफ्नै जिन्दगीमा साफ भएँ ।
किन ??
सबै मसँग माग्दै जाने।
म दानवीर दिदै जाने।
मनको खानी मेरो जिन्दगानी ,
बिस्तारै बिस्तारै सडकतिर तानिनी ।
किन ??
दयावीर हुनु नै अबिसाब हो भने।
दानवीर हुनु नै बिनास हो भने ।
मानवीर हुनु नै सखाप हो भने ।
म अब सैनिक शासन सुरू गर्छु।
-नवराज श्रेष्ठ (दोबेलाली )