काठमाण्डौ / त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ। भिजिबिलीटी कम भएका कारण उडानहरू रद्द भएका छन् भने उडिसेकका विमानहरू अन्यत्र डाइभर्ट भएका छन्।

काठमाण्डौका लागि आएको चाइना साउदर्न एयरको विमान बंगलादेशको ढाका डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ। यस्तै आन्तरिक उडानका विमानहरू पनि डाइभर्ट भएका छन्।

नेपालगञ्जबाट उडेको विमान काठमाण्डौमा अवतरण गर्न नसकी २ घण्टा आकाशमा उडेर विराटनगरमा अवतरण गरेको उल्लेख गरिएको छ।

नेपालगञ्जबाट १०:२४ मा उडेको श्री एयरलाइन्सको फ्लाइट नम्बर ४३२ को विमान काठमाण्डौमा भिजिबिलिटी कम भएका कारण विराटनगर डाइभर्ट भएको श्री एयरलाइन्सले जनाएको छ।