काठमाण्डाै / नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भयाे। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे।

यस बाहेका नेपाल भ्रमण वर्ष शुभारम्भ भएकाे अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समाराेहहरु आयाेजना गरिए।

यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ। 

विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ। झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नाका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगायतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो।

ईलाम सदरमुकाममा पाँच वटा होटलले भ्रमण वर्ष शुरुवातको अवसरमा एक रुपैयाँमा बास बस्ने व्यवस्था गरेका छन्। यस्तै, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजदेखि शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ कार्यक्रममा मेयर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाल घुम्नैपर्ने देश रहेको बताएका छन्।