शाहरुखलाई आत्महत्याको धम्की

  • बिजय ओझा
  • प्रकाशित मिति: पुष 16, 2076

एजेन्सी / कलाकारका फ्यान अर्थात शुभचिन्तक पनि अनेक–अनेकका हुन्छन्। यस्तै, अभिनेता शाहरूख खानको एक फ्यानले आत्महत्या गर्नेसम्मको धम्की दिएका छन्।

पछिल्लो समय शाहरुखसँग कुनै चलचित्र छैन। तैपनि उनी फ्यानको फलोमै छन्। पछिल्लो समय आनन्द एल रायको ‘जिरो’पछि शाहरूखले चलचित्र साइन गरेका छैनन्। यसले शाहरूखलाई कति असर पारिरहेको छ, त्यो उनै जानून्। तर, उनका फ्यान भने आत्तिइसकेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शाहरूखका फ्यानहरु उनको आगामी फिल्मको प्रतीक्षामा छन्। तर, अझै उनले चलचित्रमा ध्यान दिएका छ्रैनन्। हालै शाहरुखले आफ्नो ५४औँ“ जन्मदिनको अवसरमा उनका फ्यानहरुलाई चा“डै नया“ चलचित्र लिएर आउने बताएका थिए। तर, अहिलेसम्म उनले कुनै चलचित्र घोषणा नगर्ननाले फ्यानहरु चिन्तित मात्र नभएर धम्की समेत दिन थालेका छन्।

शाहरुखका एक फ्यानले यस्तो धम्की दिएका छन्, ‘शाहरूखले आफ्नो नयाँ चलचित्र घोषणा नगरे आत्महत्या नै गर्ने समेत लेखेका छन्।’ ट्विटरमा उनका फ्यानहरूले ‘शाहरूख, नया“ चलचित्र घोषणा गर’ भन्ने आसयको ट्रेन्ड नै सुरु गरेका छन्।

सायद उस्मान नामका प्रयोगकर्ताले लेखेका छन्, ‘खान साहब, अब धेरै भइसक्यो। मैले ‘जिरो’पछि कुनै चलचित्र हेरेको छैन किनकी कुनै उत्साह नै छैन। अब तपाईंले नै कुनै शुभ खबर दिनुपर्नेछ।’ उनले थप लेखेका छन्, ‘यदि तपाईंले १ जनवरीसम्म चलचित्र घोषणा गर्नुभएन भने म आत्महत्या गर्नेछु फेरि भन्दैछु, म आत्महत्या गर्नेछु।’

यससँगै अन्य प्रयोगकर्ताहरूले पनि नया“ चलचित्रको माग गरेका छन्। कसैले ट्विटर छाड्ने त कसैले ‘प्लिज’ भन्दै अनुरोध गरेका छन्। ट्विटरमा चलिरहेको यो कुराकानीमा शाहरूख खानले कुनै प्रतिक्रिया दिएका छैनन्। तर, धेरैले सन् २०२० को सुरूआतसँगै शाहरूख खानले नयाँ चलचित्र घोषणा गर्ने अपेक्षा गरेका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved