धरान / मंगलबार राती एक युवती धरान–१३ स्थित जिरोपोइन्टमा घाइते अवस्थामा भेटिएकी छन्। चोटपटक लागेको लगाएको कपडा च्यातिएको अवस्थामा प्रहरीले टाटा पेट्रोल पम्प माथि मंगलबार राती उनीलाई फेला परेको थियो।

युवती बिराटनगर नोबेल मेडिकल कलेजमा स्टाप नर्सको कक्षा सकेर साँझमा बिराटनगरबाट इटहरीसम्म आएको इलाका प्रहरी कार्यालय धरानले जानएको छ।

तरहरा जाने गाडी नपाएर बसेकी थिइन। एउटा म्याजिक भ्यान जस्तो गाडी आए पछि उनी लिफ्ट मागेर घर तर्फ लागेको तर तरहरा आइपुग्न लाग्दा गाडीमा रहेका एकजना युवकले के सुघाइ दिएको र आफु बहोस भएको उनले प्रहरीलाई बयान दिएकी छन्। एकजना महिलासहित भएको गाडीले धरान ल्याइ पुर्‍याएको थियो।

जिरोपोइट माथि जंगलमा ल्याएर यौन दुव्यवहार गर्न खोजेको र आफु भागेर बचेको उनले बताएको इलाका प्रहरी कार्यालय धरानले जानएको छ। उनी नर्सको पोशाषमा थिइन। उनको सेतो कोट हराएको छ। लगाएको कपडा पनि च्यातिएको छ। शरिरको विभिन्न भागमा चोट देखिएको छ।

उनलाई राती नै उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान भर्ना गरि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। घटना संकास्पद भएको प्रहरीले जनाएको छ। अपहरण गरेर ल्याउने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।