इटहरी / इटहरी उपमहानगरले ६० जना महिला फुटवल खेलाडी उत्पादन गरेको छ। एक महिनासम्म तालिम प्रदान गरेर महिला खेलाडी तयार गरेको हो। तालिम प्राप्त महिला खेलाडीको तीन वटासम्म टिम वन्ने छ। इटहरीका सामुदायिक तथा सस्थागत विद्यालयमा अध्यनरत छात्राहरुलाई फुटवल प्रशिक्षण प्रदान गरिएको हो।

प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै ईटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले अन्तराष्टसम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन गरिने वताउनुभयो। उहाँले पढाईसँग सँगै फुटवल खेलकुदलाई अघि वढाउन सल्लाह दिनुभयो। उपप्रमुख गौतमले इटहरीको नाम चिनाउने गरि खेल्न आग्रह गर्नुभयो। खेलवाटै ब्यवसायिक वन्न सकिने भएकाले त्यहि अनुरुप अघि वढन तालिम प्राप्त महिला खेलाडीलाई उत्साहित गराउनुभयो। 81484867_10217348952608550_5288450238665719808_n

प्रशिक्षण प्राप्त महिला खेलाडी सुनयना वानियाँले एक महिनासम्म तालिम दिएर आफूहरुको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा इटहरी उपमहानगरलाई धन्यवाद दिनुभयो। अझै एडभान्स तालिम प्रदान गर्न समेत उहाँले आग्रह गर्नुभयो। एक महिनसम्म श्याम मानन्धर, विष्णु चौधरी, मणिन्द्र याख्खा, दिपेन्द्र तामाङ्ग र राजेश लुङ्गेलीले तालिम दिनुभएको हो।

यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय महिला फुटवल प्रतियोगिता सम्पन्न गरिसकेको छ।