कोभिड- १९ [अपडेट]

४५ दिने प्रतिबन्धपछि अन्जन विष्ट र सन्ताेष तामाङ मैदानमा उत्रँदै

  • शोभित मगर
  • प्रकाशित मिति: पुष 16, 2076

काठमाण्डाै / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रतिबन्धमा परेका राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ र अन्जन विष्ट यही हप्तादेखि मैदान फर्कने भएका छन्।

एन्फाको ४५ दिने प्रतिबन्ध बुधबारदेखि सकिने भएकाले उनीहरु यही हप्तादेखि मैदान फर्कने भएका हुन्। प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत चौथो चरणको खेलबाट मैदान फर्कने छन्।

त्रिभुवन आर्मी क्लबका सेन्टर मिडफिल्डर सन्तोष बुधबार थ्री स्टारविरुद्ध मैदान उत्रने छन्। मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर अन्जन भने शनिबारदेखि खेल्नेछन्।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले सन्तोष र अन्जनलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिबाना गरेको थियो।

नाइट क्लबमै समय बिताएका विमल घर्ति मगर र दिनेश राजवंशीलाई भने ५० हजार जरिबानासहित ९० दिनको प्रतिबन्ध लागेको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved