एजेन्सी / वृहस्पति र मंगल ग्रहबीच भागमा भेटिएको बेल्टमा साइकी नामको एक विशाल धातुयुक्त छुद्र ग्रहको अध्ययन गरिएको छ।

चट्टानयुक्त रहेको सो छुद्र ग्रहले पृथ्वीमा रहेका सबैलाई अर्बपति बनाउन पर्याप्त हुने सुन रहेको खगोलशास्त्रीहरूले दाबी गरेका छन्। सो छुद्र ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबेल डी गेस्परिसले सन् १८५२ मार्च १७ मा पत्ता लगाएका थिए।

राडार तथा अन्य परिस्कृत अध्ययनले साइकीको एक सतह ९० प्रतिशत धातुले बनेको छ र यो धातु धेरैजसो फलाम र निकलका मिश्रण रहेको वैज्ञानिकहरूको अनुमान छ।

एक अनुमानअनुसार पश्चिम बर्जिनियाको आकारको साइकीमा अहिलेको १ हजार ५ सय डलर मूल्यका आधारमा ५ हजार क्वालिड्रिलियन अर्थात् ५ लाख खर्ब डलर बराबरको सुन रहेको छ।