काठमाण्डौ / शिक्षक सेवा आयोगले प्राथमिक तहको हालसम्म ३६ जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको छ।

आयोगले सूचना निकाल्दै प्राथमिक तह बारा, सिरहा, सप्तरी, कपिलबस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षाको सूची सार्वजनिक गरेको हो।

आयोगले पछिल्लो पटक भक्तपुर, पाँचथर, दाङ, गोरखा, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, उदयपुर र पर्सा गरि ३६ जिल्लाको करार शिक्षकको सूची सार्वजनिक भएको छ।

आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको जनाएको छ