इटहरी / १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा विजेता बनेका इटहरीका खेलाडीलाई सम्मान गरिएको छ।

शनिबार नागरिक समाज इटहरीको आयोजनामा भएको एक कार्यक्रमकाबीच सागको तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता सुशिला राई र रजत पदक विजेता अप्सरा कार्की साथै प्रशिक्षक द्वय फडिन्द्र खड्का र कुमार गुरुङलाई सम्मान गरिएको हो। 80772243_2512205509098419_1074723567624519680_n

खेलकुद क्षेत्रको सकरात्मक सन्देश प्रवाह गर्दै सम्पुर्ण खेलाडीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले सम्मान प्रदान गर्नुका साथै नौमती बाजासहित इटहरी नगर परिक्रमा गरिएको थियो।

विभिन्न खेलकुद संघको प्रतिनिधि तथा सम्पूर्ण बुद्धिजिवी व्यक्तिहरुको उपस्थितिमा र्‍यालीसहित सम्मानित खेलाडीलाई घरसम्म पुर्‍याइएको आयोजकले जनाएको छ।

Image may contain: 4 people, car and outdoor