काठमाण्डौ / सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ। अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ। यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो। 

फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिइएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो। पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन।  

यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ। फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ। अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन्। 

आफ्नै ‘अपरेटिङ सिस्टम’ ल्याउँदै फेसबुक 

फेसबुकले आफ्नै ‘अपरेटिङ सिस्टम’ पनि ल्याउँदैछ। जसले फेसबुकलाई प्रतिद्वन्द्वी कम्पनी एप्पलको आईओएस र गुगलको एन्ड्रोइडसँगको निर्भरता हटाउनेछ।

त्यसका लागि फेसबुकले माईक्रोसफ्टका लागि ‘विन्डोज एन्टी अपरेटिङ सिस्टम’ बनाउने मार्क ल्यूकोवस्कीलाई जिम्मेवारी दिएको छ।

फेसबुक हार्डवयेरका उप प्रमुख एड्रयू बोसवर्थले कम्पनीको अघिल्लो लक्ष्य अन्तरिक्ष रहेको साबित गर्नका लागि यो काम गरिएको बताए। उनले भने, ‘हामी अरु कोहीसँग निर्भर हुन चाहन्नौँ। हामीलाई चाहिने सबै कुरा हामी आफैँ गर्न चाहन्छौँ।’ त्यसका लागि नयाँ ‘प्लान्ट’ बनिसकेको उनको भनाई छ।