भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–११ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा शम्भु कार्की पक्राउ गरेको छ।

पुष ३ गते विद्यालय जान भनी घरभित्र विद्यालय पोशाक लगाउँदै गरेकी स्थानीय एक नाबालिकालाई कोहि नभएको मौकामा आर्थिक प्रलोभन देखाइ बलात्कार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय कार्कीलाई पक्राउ गरेको छ।

बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा कार्कीलाई गत पुष ६ गते पक्राउ गरिएको थियो। पक्राउ परेका कार्कीलाई जिल्ला अदालत भोजपुरबाट म्याद थपी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।