एजेन्सी/ बिवाह समाजको ठूलो संस्कार हो। बिवाहमा बेहुला बेहुली मात्र बन्धनमा बाँधिदैनन् कि, दुबैजनाको परिवार पनि एक हुन्छ। यसकारण बिवाहसँग जोडिएका कुराहरुमा बेवास्ता गर्नु उचित हुँदैन। बिवाहको निर्णय लिनुभन्दा पहिले एक अर्कालाई जान्न (चिन्न) निकै जरुरी छ।

दुबैलाई एक अर्काको बारेमा जानकारी हुन आवश्यक छ ताकि, पछि गएर सम्बन्धमा समस्या नआओस्। यस्ता केही बिषय छन्, जसलाई बिवाहपूर्व अपनाउन जरुरी छ। आफ्नो लाइफ पार्टनर सँग के–के बिषयमा पूर्व जानकारी लिन आवश्यक छ।

बिवाहको लागि दबाब त छैन ? कहिलेकाही उमेरको कारण वा अन्य कारणले बिवाहको लागि दबाब आउने गर्छ। तपाइँ जोसँग जीवन बिताउने सोच्दै हुनुहुन्छ यसलाई तपाइँले सोध्नैपर्छ कि, यो बिवाह कुनै प्रेशरमा आएर त गर्न लागेको होइन ? साथै उनीबाट यो पनि जान्न आवश्यक छ कि उनी कसैलाई मन पराउँछिन् कि ? परिवारको दबाबले बिवाह गर्दै पो छिन् कि ?

बिहेपछि पनि जब : यो प्रश्न खास गरी युवतीले युवक (हुनेवाला बेहुला)लाई सोध्न आवश्यक छ। आफ्नो भविष्यको योजनाको बारेमा बिवाहपूर्व नै सुनाउन आवश्यक छ। बिवाह पछि पूर्ण रुपमा घर सम्हाल्नुहुन्छ कि, जागिर खाने इच्छा छ त्यो खुलस्त रुपमा भन्नुपर्छ। बिहेपछि जब गर्दा पति सहज बन्छन् कि बन्दैनन् ? यो तपाइँले बुझ्न आवश्यक छ।

रोमान्स : बिवाह अघिको समयमा गरिएको रोमान्स र सेक्सको बिषयलाई लिएर धेरैले कुरा गर्न चाहदैनन्। यस्तो कुरा लुकाउन खोज्छन्। यसतो कुरा गर्न असहज लाग्न सक्छ। केही भेटघाट तथा कुराकानीपछि तपाइँ आफ्नो हुनेवाला लाइफपार्टनरलाई सोध्नुहोस् कि उ कत्तिको रोमान्टिक छ ? सेक्सको बिषयमा बिचार के छ ?

मनपर्ने मन नपर्ने कुरा : तपाइँ जोसँग जीवन बिताउने सोचिरहनुभएको छ, उसको बारेमा जति धेरै जानकारी लिन सक्नुभयो त्यति धेरै राम्रो हुन्छ। तपाइँले उसको रहर, चाहनाको बारेमा जान्नुहोस्। छुट्टीको समयहरु कसरी बिताउने इच्छा छ यो बिषयमा जान्न आवश्यक छ, जसले गर्दा जीवनको गाडी बिना अवरोध गुडिरहन्छ।

फ्यामिली प्लानिङ : बिवाह पूर्व नै फ्यामिली प्लानिङ (पारिवारिक योजना) को बारेमा कुरा गर्न निकै आवश्यक छ। आफ्नो पार्टनरको मनको कुरा तपाईले पनि बुझ्न जरुरी हुन्छ। बिवाहपछि करियरमा ध्यान दिने चाहना छ कि, एक अर्कालाई समय दिन चाहन्छन् कि, तुरुन्त बच्चा पाउने इच्छा छ यी कुरा पहिले नै निर्धारण गर्दा राम्रो हुन्छ। बिवाहपछि हनिमुन जाने कि नजाने जाने हो भने कहाँ जाने ? यो प्रश्नको जवाफ पहिले नै आउन जरुरी छ।

यी र यस्ता कुरा आफ्नो पार्टनरसँग गर्नुभयो भने एक अर्काको बारेमा धेरै कुरा थाहा हुन्छ। जसले गर्दा दुईबीच बिचार मिल्छ–मिल्दैन भविष्य अघि बढ्छ बढ्दैन त्यो सहजै अनुमान लगाउन सकिन्छ। पहिले केही कुरा नबुझी बिवाह गर्ने र पछि एक अर्काबीच कुरा नमिलेर तनाब लिनुभन्दा पहिले नै एक अर्काको बारेमा जानकारी लिन आवश्यक छ। तपाइँ पनि बिवाह गर्ने योजनामा हुनुहुन्छ भने, आफ्नो हुनेवाला पार्टनरसँग मज्जासँग कुरा गर्नुहोला।