झापा / झापामा धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

घरायसी विवाद हुँदा हारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई पक्राउ गरेको हो।

उनले घरायसी विवाद हुँदा २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट गम्भिर घाइते भएकी तारामईको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जमा ज्यान गएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

पक्राउ परेका शंकरमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।