काठमाण्डौ / तीनजना बलिउडकर्मी विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। अमृतसर प्रहरीले अभिनेत्री रवीना टंडन, फिल्म डायरेक्टर तथा कोरियोग्राफर फाराह खान र कमेडियन भारती सिंहविरुद्ध धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै मुद्दा दायर गरेको हो।

एक वरिष्ठ प्रहरी अधिकारीले यो घटनाको पुष्टि गरेका छन्। क्रिश्चियन फ्रन्ट अफ अजनाला ब्लाकका सोनू जाफरको उजुरीका आधारमा यो मुद्दा दायर भएको जनाइएको छ।

क्रिसमसका दिन प्रसारण भएको कार्यक्रमको भिडियो फुटेज पनि समावेश गरिएको छ। यो उजुरीमा उनीहरुले ईसाई धर्म मान्ने व्यक्तिहरुको भावनामा ठेस पुगेको आरोप लगाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।