एजेन्सी / यौन तथा प्रजनन् स्वास्थ्यमा धेरैले ध्यान दिदैनन् तर हामीले दैनिक गर्ने धेरै क्रियाकलापले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेको हुन्छ।

मोबाइलको गलत प्रयोगले यौन तथा प्रजनन् क्षमता घट्ने गरेको बिभिन्न अध्ययनमा देखिएको छ। हालै बेलायतमा गरिएको एक अध्ययनअनुसार यौन अंग नजिक पकेटमा मोबाइल राख्नेहरुमा यौनचाहना मात्र होइन, उनीको क्षमतासमेत कमी आएको पाइएको छ। girl-in-toilet-

मोबाइलबाट निस्कने रेडिएसनले शरीरको यौन तथा प्रजनन् क्षमतामा असर गरेको अध्ययनको निष्कर्ष छ। पुरुषको स्पर्ममा कमी र महिलाको यौन चाहनामै कमी आउने अनुसन्धानकर्ताको निष्कर्ष छ।

पछिल्लो समय महिलाले पनि पाइन्टको पछिपट्टीको खल्तीमा मोबाइल राख्छन्। जसले उनीहरुको यौन इच्छामा मनोवैज्ञानिक रुपमा असर गर्ने अध्ययनले देखाएको छ। mobile-on-pocket