गुल्मी / गुल्मी चन्द्रकोट–७ का ७२ बर्षिय देवीराम भण्डारीको हत्याको अनुसन्धान अचम्मको कारणसँग जोडिएको छ। अभियुक्तले भैंसीको करणी गर्दा भण्डारीले पिटेपछि उनको हत्या गरिएको प्रहरीलाई बयान दिएका छन्।

५ पुसमा भण्डारीको हत्या भएको थियो। भण्डारीको थारो भैंसीलाई ति युवकले करणी गरेको देखेपछि पिटेका थिए। बदलामा ति युवकले सिलौटा र लौरोले कुटेर भण्डारीको हत्या गरिदिए !

अचम्मको कुरा त, ति युवाले तिनै भण्डारीको भैंसीलाई अघिल्लो बर्ष पनि करणी गरेका थिए। सो विषयमा उनलाई समाजमा राखेर २५ हजार रुपैंया जरिवाना गरिएको थियो। भैँसी दुहुनका लागि गोठमा जाँदा उनले थारो भैँसीलाई करणी गरेको देखेपछि भण्डारीले युवालाई एक थप्पड हानेका थिए।

सोही क्रममा प्रहरीले भैँसी करणीमा संलग्न चन्द्रकोट गाउँपालिका–८, तुराङ्गका २० वर्षीय युवकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा रहेका कारण युवाको नाम सार्वजनिक गरिएको छैन।