डम्बर सिन्चिउरी - लेटाङ / मोरङको लेटाङमा प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप पुरुष खुल्ला फुटबल प्रतियोगिता हने भएको छ। यहि पौष २५ गते देखि माघ तीन गतेसम्म स्थानिय चिसाङ भ्यालि क्लवको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो।

सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ। यस भन्दा अघि यहि पौष ११ देखि १९ गते सम्म हुने भनिएको प्रतियोगिता विशेष कारणले पौष २५ बाट संचालन हुने संस्थाका सचिव विकल तामाङले जनाकारी दिनुभयो।

लेटाङ नगरीमा खेलकुद पर्यटनको विकास साथै यस क्षेत्रमा प्रतिभाहरुको खोजीकार्यलाई सहजता दिलाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता स्थानिय प्रस्तावित बुद्ध रंगशालामा हुने जनाईएको छ।

अनुमानित १२ लाखको लागतमा सम्पन्न हुन लागेको प्रतियोगितामा आयोजकसहित आठ वटा टिमहरु सहभागि हुने छन्। पाहुना टोली 'चर्च व्वाईज फुटबल क्लव' काठमाण्डौको समेत सहभागिता रहने जनाईएको छ।

अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार नगदसहित ट्रफि प्राप्त गर्ने छ भने उप विजेताले नगद रु ७५ हजार र ट्रफि प्राप्त गर्ने छ। साथै फुटबल खेलका अन्य विधा तर्फ पनि उत्कृष्ठता हासिल गर्ने खेलाडिहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।