काठमाण्डौ / काठमाण्डौ प्रहरीले बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटनाको बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ।

८ महिनादेखि ती युवती र युवकबीच शारीरिक सम्बन्ध थियो। मंसिर २३ मा युवतीले युवकसामु बिहेको प्रस्ताव राखिन्। युवकले अरूसँग आफ्नो अफेयर चलेकाले विवाह गर्न नसक्ने जवाफ दिए। 

आफन्तको भनाइअनुसार युवतीलाई ती युवकले उनकै कोठामा बलात्कार प्रयास गरेका थिए। अस्मिता लुटिन लागेपछि युवतीले आत्मरक्षाका लागि युवकको लिंग काटिदिएकी दाबी गरिएको छ।

घटनाबारे जानकारी दिन आइतबार युवतीका परिवारले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।समाजसेवी राम तामाङले युवकले विवाह गर्न नमानेर मात्र युवतीले उनको लिंग काटेको भनेर नबुझ्न आग्रह गरेका छन्।

विवाह गर्न नमानेको एउटा पाटो होला तर बलात्कार प्रयास गरेपछि बचाउ गर्न ती युवतीले लिंग काटिदिएको हुन् सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

उनले उपचारपछि घर फर्किसकेका ती युवकले ललाइफकाइ ८ महिनादेखि शारीरिक सम्बन्ध राखेको बताइएको छ। ती युवतीले विवाहको प्रस्ताव राख्दा अस्वीकार गरे पनि फेरि युवकले बलात्कारको प्रयास गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

बौद्ध वृत्त प्रमुख डीएसपी सिंहले पीडित युवतीका आफन्तले लिखित जाहेरी नल्याएको दाबी गर्नुभयो। घटनाबारे माथिल्लो तहमा समेत जानकारी छ। जाहेरी दिने हदम्याद नाघेको छैन। अझै पनि उनीहरूले जाहेरी ल्याउन सक्ने सिंहले बताउनुभयो।

गत मंसिर २३ गते अपरान्ह बौद्ध महांकालमा पीडित युवतीकै डेरामा घटना भएको थियो। घटनालगत्तै पीडिताले नै एम्बुलेन्स बोलाएर बलात्कारको दुस्प्रयास गर्ने युवकलाई अस्पताल पठाएको जनाइएको छ।