एजेन्सी / बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ। यसले राम्रै प्रतिक्रिया पाइरहेको छ।

यसैबीच सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्ने खबर सार्वजनिक भएको छ।

भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको यो तेस्रो फिल्मलाई सेलिब्रेट गर्नका लागि यस्तो गर्दैछ।

बेल्टको साइडमा सलमान खानको नाम पनि एम्बस गरिने बताइएको छ। यो खबरलाई डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलबाट एउटा भिडियो सेयर गर्दै जारी गरिएको छ।