एजेन्सी / हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ। जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ। विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ। जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ। तर के जाडो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई फाइदा पुग्छ तरु डाक्टरहरुका अनुसार जाडोमा तातोपानीले नुहाउँदा धेरै बेफाइदाहरु हुन सक्छन्।

यस्ता छन् बेफाइदा ?

सुख्खापन 

तातोपानीले छालामा सुख्खापन पैदा गराउँछ। छालामा भएको नरमपना हराउँछ र छाला रुखो हुन्छ। नरम र संवेदनशील छाला भएकाहरुले तातोपानीले नुहाउँन हुँदैन।

संक्रमण

धेरै तातोपानीले नुहाउँदा शरीरको प्राकृतिक तैलियपना हराउँछ जसको कारण शरीरमा अनावश्यक एलर्जी र संक्रमण बढ्न थाल्छ।

पुरुषको सन्तान उत्पादन क्षमतामा असर 

एक अध्ययनका अनुसार धेरै समयसम्म तातोपानीमा नुहाउँने पुरुषको प्रजनन् क्षमतामा असर पर्न सक्छ। जसले गर्दा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आउँछ। 

आलस्यता

तातोपानीले नुहाउँदा फुर्तिलोपना हराएर शरीर आलस्य हुन्छ। तातोपानीले नुहाउँदा अल्छी लाग्ने र निन्द्रा लाग्छ।

छाउरीपना

उमेर नपुग्दै छाउरीपनाले नसताओस् भन्ने चाहानुहुन्छ भने तातोपानीले नुहाउँन हुँदैन। तातोपानीले अनुहारलगायत शरीरका सबै अंगको प्राकृतिक तैलियपना घट्दै जान्छ र सुख्खापन धेरै भएपनि अनुहारमा चाउरी पर्न थाल्छ।

कपालको लागि हानिकारक

तातोपानीले कपाललाई निकै असर पुर्याउँछ। यसले कपालको छाला सुख्खा बनाइदिन्छ जसले कपालको जरा कमजोर बन्छ र कपाल झर्न थाल्छ।

डिप्रेसनको खतरा

धेरै तातोपानीमा नुहाउँने व्यक्तिलाई डिप्रेसनको खतरा हुन्छ। तातोपानीले शरीरमा भएको फुर्ति हराउँछ र थकित र अल्छी गराउँछ जसले गर्दा कहिलेकाहीँ डिप्रेसनको समस्या पनि निम्ल्याउँछ।

आँखामा पनि समस्या

तातो पानीले आँखालाई पनि असर पुर्याउँछ। तातोपानीको प्रयोगले आँखा चिलाउने समस्या आउँछ।