इटहरी / हिसान सुनसरीको आयोजनामा एकदिने फ्रन्ट डेस्क मेनेजमेन्ट कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। निजि शिक्षा क्षेत्रमा आवद्ध रहेका कर्मचारी लगायत सञ्चालकहरुलाई आफ्नो आत्मबिश्वास कसरि बढाउने, कार्यालय कसरि व्यावस्थापन गर्ने लगायतको बिषयमा एक दिने कार्याशाला गरिएको हो।

निजि क्षेत्रबाट सञ्चालनमा रहेको शिक्षा क्षेत्रले पनि सरकारलाई सहयोग गरेको हुँदा निजि क्षेत्र प्रति हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु पर्ने आवश्यक्ता देखिएको कार्यक्रमका अधिकांश वक्ताहरुको भनाई थियो।

सरकारी र निजि शिक्षा क्षेत्र बिचको बिभेद नहुनु पर्ने र निजि क्षेत्रमा काम गर्ने कर्मचारीले पनि आफ्नो मन सानो बनाउन नहुने हिसानका सल्लाहाकार लेखनाथ घिमिरेले बताउनुभयो।

हिसानले बेलाबेला आत्मबिश्वास बढाउने, खेलकुद गर्ने, बिभिन्न तालिम लगायतको कार्यक्रम आयोजना गर्ने गरेको साथै सबै निजि शिक्षा क्षेत्रलाई एकतामा ल्याउने कार्यक्रमका संयोजक सागर भट्राईले बताउनुभयो।

कार्यक्रमलाई सुगारिका केसी, सुनिल कुमार भुषाल, फाल्गुनि काफ्ले, ज्ञानु कुमार दाहाल लगायतले सहजिकरण गरेका थिए।