धरान / पूर्वकै ठूलो सौन्दर्य प्रतिस्पर्धा नेपाल आइस मिस पूर्वाञ्चलको दशौं संस्करणको फाइनल प्रतिस्पर्धा आज सम्पन्न हुने भएको छ। प्रदेश १ का विभिन्न जिल्लाका २० सहभागीले धरान सभागृहमा शनिबार साँझ हुने फाइनलका लागि प्रतिस्पर्धा गर्ने भएको हो।

विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिएका उनीहरूलाई प्रियारानी लामाले कोरियोग्राफी गरिरहेकी छिन्। विजेता चयनका लागि राष्ट्रियस्तरका चर्चित कलाकर्मी तथा विभिन्न क्षेत्रका विज्ञ निर्णायकहरुको उपस्थिति रहने भएको छ।

सिल्भर इण्टरटेनमेण्टद्धारा आयोजित सो प्रतियोगिता सिजी ब्रुअरीको मुख्य प्रायोजन तथा वराह ग्रुपको प्रस्तुति, डिभाइन वाइन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजनमा गरिएको हो।

प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चलको ताजसहित नगद २ लाख तथा फस्ट रनर अपले १ लाख र सेकेण्ड रनर अपले ५० हजार पाउने भएका छन्। अन्य टाइटल विजेतालाई नगद १५ हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरि मिस पूर्वाञ्चल शुरु भएको एक दशक पुगेको अवसरमा आअयोजित सो कार्यक्रमलाई भव्य बनाइने आयोजकले जनाएको छ।