काठमाण्डौ / आगामी पुस १० गते बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागी कालो सूर्य देखिने भएको छ। दुई घन्टा ४९ मिनेट खण्डग्रास सूर्यग्रहण लाग्ने हुँदा सूर्यको केही भाग कालो देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

नेपाली समयअनुसार पुस १० गते बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा खण्डग्रास सकिनेछ।सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाण्डौबाट ४८ प्रतिशत कालो सूर्य देखिने छ।

मौसम अनुकुल भए, बादल नलागे काठमाण्डौसहित अन्य जिल्लाबाट पनि ४८ प्रतिशतसम्म कालो सूर्य देखिने सोसाइटीले जनाएको छ।

यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ। भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ।

रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ। खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।