बिराटनगर / नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले टिप्पणी गर्नुभएको छ।

नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय अधिवेशनको बिहिबार बिराटनगरमा उद्घाटन गदै मुख्यमन्त्री राईले समाजका भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिनुभयो।

मुख्यमन्त्री राईले संघीयतालाई संस्थागत गर्दै समाज परिवर्तनका लागि सकारात्कम वस्तुको खोजी गर्न मिडियाको अहंभूमिका हुने उल्लेख गर्नुभयो। कार्यक्रममा वरिष्ठ पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।