मुम्बई / बलिउड अभिनेत्री क्याटरीना कैफ चलचित्र ‘भारत’ को सफलतापछि मख्ख छिन्। चलचित्र सफल भएपछि हालै सलमान खान र क्याटरीना कैफले मिडियासँग आफ्नो खुशी साटेका छन्।

यसै दौरान बोल्ड एण्ड ब्युटिफुल एक्टर क्याटरीनाले सलमान खानसँग एक इच्छा व्यक्त गरेकी छिन्। क्याटरीना चाहन्छिन् कि, ‘दबंग’ मा चुलबुल पाण्डेजस्तै एक महिला अफिसरमा पनि एक चलचित्र बनाइयोस्, जसमा क्याटरीनाको मुख्य भूमिका होस्।

कुराकानीका सिलसिलामा क्याटरीनाले भनिन्, ‘फिल्म ‘दबंग’ मा जसरी एक प्रहरी अफिसरलाई देखाइएको छ, उसरी नै महिला प्रहरी अफिसरलाई लिएर पनि कुनै एउटा चलचित्र अनिवार्य रुपमा बनोस्, महिला प्रहरी अफिसरको भूमिकामा पनि जरुर चलचित्रबन्न जरुरी छ।’यसमा सलमान खानले आफ्नो देशमा हिरोको कहानी चल्ने भएकाले यस्ता चलचित्र बनाइएको र कुनै समय महिला प्रहरी अफिसरको भूमिकामा पनि चलचित्र बन्ने धारणा राखे।

पछिल्लो समय निर्देशन रोहित सेट्टीले शक्तिशाली प्रहरी अधिकारीलाई लिएर कैयन् प्रहरी सुपरहिरोका तस्वीर शेयर गरेका छन्। केही समयअघि रोहितले महिला प्रहरी हिरोका रुपमा लिएर चलचित्र बनाउने योजना बनाएको समाचार पनि बाहिर आएको थियो।