काठमाण्डौ / भ्रष्टाचार विरूद्ध लडिरहेका उपसचिव प्रेम सञ्जेलले केपी ओली नेतृत्वको सरकारका बेलामा जस्तो भ्रष्टाचार कहिलै नदेखेको बताउनुभएको छ। श्रम कार्यालय बिराटनगरका प्रमुख समेत रहनुभएका सञ्जेलले इतिहासमै सबैभन्दा धेरै अहिले भ्रष्टाचार भइरहेको बताउनुभएको हो।

‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टचारीलाई देखि सहन्न भन्ने प्रधानमन्त्री भएका बेला अहिले जत्तिको छारस्ट भ्रष्टचार कहिलै देखेको छैन। मेरो जागिर नै ४० बर्ष भयो,’ उहाँले भन्नुभयो, ‘अरु त अरु भए सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीका पार्टीका कर्मचारीले र उहाँका पार्टीका नेताले भ्रष्टाचार विरुद्ध काम किन नगरेका ? अरुलाई सकिएन रे पार्टीकै कार्यकर्तालाई कारबाही गर्न सकिँदैन र ?’

सञ्जेल तिनै हुन्, जसले जहाँ-जहाँ सरुवा भएर जान्छन्, त्यस कार्यालयको गेटमा यस्तो लेखिएको पोस्टर टाँसिएको हुन्छ, ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारर्बाहीमा पर्नुहोला। हजुर सावधान !’ सञ्जेलले आफ्नो सरकारी सेवा अवधिमा भ्रष्टाचार विरोधी छवि बनाउनुभएको छ।