सप्तरी / विवाहको आश्वासन दिई किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीबाट प्रहरीले सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय खत्वेलाई पक्राउ गरेको हो।

गत मङ्सिर १५ गते घरमा कोही नभएका बेला बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

इलाका प्रहरी कार्यालयले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको जनाएको छ। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो।