काठमाण्डौ / नेपालकै चर्चित रियालीटी शो ‘नेपाल आइडल’ को तेश्रो संस्करण बिहिबारबाट प्रशारण हुने भएको छ। गायन प्रतिभाहरुको खोजी गर्ने रियालीटी शो अब प्रत्येक बिहिबार र शुक्रवार प्रशारण हुने भएको हो।

शो प्रत्येक बिहिबार र शुक्रवार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८:३० बजे प्रसारण हुँदैछ। गायन प्रतिभाहरुको खोजी गर्ने क्रममा देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछी बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ।

यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन्।