काठमाण्डौ / गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाको “लै बरी लै “बोलको तामाङ सेलो म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक भएको छ। गीतमा असुसेन लामाको शब्द तथा संगीत रहेको छ।

यस्तै गीतको भिडियोमा बुद्ध लामा र सुस्मिता गोलले अभिनय गरेका छन् भने उत्सव दाहालले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्।

युवराज वाइवाले निर्देशन गरेको गीतको भिडियोमा फनिन्द्र राइको एरेन्ज रहेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेको छन। यस म्युजिक भिडियोलाई नेपाल आइडलको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरेको हो।

हेर्नुहोस भिडियो :