काठमाण्डौ / शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार दुई वटा खेल हुँदैछन्। पहिलो खेल सातदोबाटोमा मध्याह्न साढे १२ बजे हुने छ भने दोस्रो खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुने छ।

सातदोबाटोमा हुने पहिलो खेलमा सरस्वती युवा क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुने छन्। आजको खेलमा सरस्वती विजयी भए स्पष्ट तीन अंक जोड्ने छ भने एनआरटी विजयी भएमा भने १ अंक मात्रै हात पार्ने छ। गएको संस्करणमा पुछारमा रहेको एनआरटीले २ अंक तिर्न बाँकी नै छ।

यस्तै दशरथ रंगशालामा हुने अर्को खेलमा विभागीय क्लब नेपाल पुलिस र हिमालयन शेर्पा आमनेसामने हुने छन्। दुवै टिम जित निकाल्दै स्पष्ट तीन अंक लिने होडमा हुने छन्। लिगअन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी र च्यासल युथ क्लब विजयी भएका थिए।