एजेन्सी / महिलाका लागि बच्चा जन्माउनु पीडा र खुसी दुवै हुन्छ। धेरै महिलाले प्रसव पीडा पचाएर आफुलाई आमा बनाउँदा खुसी व्यक्त गर्छन्। विभिन्न प्रकारका अध्ययनअनुसार धेरै महिलाहरु आमा बनेको एक महिनाभित्रै कामेच्छाका लागि तयार हुन्छन्। केही महिलाले भने बच्चा जन्मेको ६ महिनासम्म पनि शारीरिक सम्पर्क गर्दैनन्।

बच्चा जन्मेपछि शारीरिक सम्पर्कका लागि वा यौन चाहनाका लागि कुनै पनि प्रकारको असर हुँदैन। बच्चा जन्मिएकै कारणले दम्पत्तिको जिम्मेवारी बढ्ने र त्यसको असर भने यौन जीवनमा पनि अवश्य पर्छ।

चिकित्सकहरुले भने बच्चा जन्मिएको ४५ दिनपछि महिला बच्चा जन्माउनका लागि तयार हुने बताउँछन्। ४५ दिनपछि महिलामा हर्मोनहरु ब्यालेन्समा आउछन्।

बच्चा जन्मिएपछि महिलामा यौन इच्छा आउँनका लागि विभिन्न प्रकारका कुरामा ध्यान दिनु आवश्यक हुन्छ। आमा बनेपछि शरीरमा आउने परिवर्तन, बच्चाको चिन्ता, खानपानलगायतका कारणले महिलामा मनोवैज्ञानिक समस्या निम्तिन सक्छ।

त्यसैले यस्ता कुराहरुमा ध्यान दिदा कामेच्छा चाँडो फर्किन्छ। आमा बनेको ४५ दिनपछि विभिन्न प्रकारका योगा गर्ने, गोप्य अंगलाई पुरानै अवस्थामा फर्काउनका लागि हिडडुलमा ध्यान दिने, आफ्नो दुध बच्चालाई नियमित खुवाउनेलगायतका कुरामा ध्यान दिदा पनि शरीर पहिलेको अवस्थामा आउँछ।

सुत्केरी भएपछि यौन सम्बन्ध राख्दा कहिले काँही पीडा हुन्छ । यसलाई चिकित्सकले स्वभाविक भएको बताएका छन्। केही पुरुषहरु पनि आफ्नो श्रीमती सुत्केरी हुँदाको पीडाका साक्षी हुन्छन्।

त्यो पीडाका कारण श्रीमतीसँग यौन सम्पर्कका लागि पुरुषहरु तयार नभएको अवस्थामा महिलाले श्रीमानलाई पुरानै अवस्थामा फर्काउन प्रयास गर्नुपर्छ।