काठमाण्डौ / बलिउड चलचित्र ‘दबंग ३’ को ट्रेलर सार्वजनिक गरिएको छ।

‘चुलबुल पाण्डेका एक्सन’ भन्दै सार्वजनिक गरिएको ट्रेलरमा सलमान खानको एक्सन देखिन्छ। डिसेम्बर २० देखि प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन्।

यसअघि ‘दबंग’ र ‘दबंग २’ दुवै चलचित्र व्यावसायिक रुपमा सुपरहिट भएका थिए। दबंग सिरिजमा सलमानसँगै सोनाक्षी सिन्हाले पनि अभिनय गर्दै आएकी छिन्।

चलचित्रको तेस्रो सिरिजलाई प्रभु देवाले निर्देशन गरेका हुन्।