काठमाण्डौ / नेपालको राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा फड्को मारेको छ। फिफाले अघिल्लो दिन सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एकैपटक तीन सुधार गरेको छ। नयाँ नयाँ वरीयताअनुसार नेपाल ९७औं स्थानमा चढेको छ। यसअघि नेपाल १०० औं स्थानमा थियो।

यता, दक्षिण एसियाको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालअघि भारत ५७औं स्थानमा रहेको छ। त्यसैगरी, बंगलादेश १३०औं, श्रीलंका १३६औं, माल्दिभ्स १३८ औं र भुटान १५०औं स्थानमा रहेका छन्।

विश्वभरको वरीयतामा भने अमेरिका शीर्ष स्थानमा छ। त्यसपछि जर्मनी दोस्रोमा रहँदा नेदरल्यान्ड्स तेस्रो तथा फ्रान्स चौथोमा छ। पाँचौंमा स्वीडेन छ।