काठमाण्डाै / शनिबारदेखि सुरु हुने ए डिभिजन लिग फुटबल प्रतियोगिता नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

शनिबारदेखि सुरु हुने ए डिभिजन लिगमा ९१ वटा खेलबाट लिग च्याम्पियनको टुंगो लाग्नेछ। दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ए डिभिजन लिगका खेलहरु नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्नेगरी सम्झौता भएको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो।

अध्यक्ष शेर्पा र नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र बिष्टबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।एन्फा अध्यक्ष शेर्पाले एनटीभीसँगको सम्झौताले नेपाली फुटबलमा थप योग्दान पुग्ने र आम सर्वसाधारण माझ फुटबलको लोकप्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयाे।

अघिल्लाे संस्करणको प्रत्यक्ष प्रसारण भने एपीवानले गरेको थियो। अध्यक्ष शेर्पाले गत वर्षको भन्दा बढी रकममा सम्झौता भएको बताए पनि रकम भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गर्नुभयाे।