कपिलवस्तु / कपिलस्तुको मायादेवी गाउँपालिका– २ गंगापुर भ्रैसकुन्डाका एक युवाले बालिकालाई मोबाइलको प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेको छ। स्थानीय २२ वर्षीय अजहर तेली मुसलमानले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको पीडीत बालिकाको परिवारले आरोप लगाएका छन्।

घटना गत मंसिर १८ गते राति ८ बजेको हो। प्रहरीले घटनाको जाहेरी लिन अस्विकार गरे बताइएको छ। पीडीत बालिकाले गाउँकै छिेमेकी दाईले घटनाको १० दिनअघि सिमसहितको मोबाइल फोन दिएर आफूलाई राति पटकपकट भेट्न बोलाउने गरेको बताइन् ।

घटनाको दिन आफू राति ८ बजेतिर खेतमा रहेको खुर्सानी टिप्न जाँदा अजहरले आफूलाई बलात्कार गरेको बताइन्। घटनाको अर्को दिन आफूलाई धम्की दिएर मोटरसाइकलमा बसाएर ३ दिनसम्म अपरिचत स्थलमा लगेर फेरि बलात्कार गरेको बताइन्।

प्रहरी उपरीक्षक दीपशमसेर जबराले घटना भएको ठाउँ लुम्बिनी भएकाले त्यतै जाहेरी दर्ता गर्न भनी आफूले पीडित परिवारलाई पठाएको बताउनुभयो।