एजेन्सी/ यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा नेपालमा अझै खुलेर छलफल हुने अवस्था छैन। हाम्रा खानेकुरा यौन अनुकूल वा प्रतिकूल भन्ने विषयमा अध्ययन अनुसन्धान हुन सकिरहेको छैन।

स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण स्वास्थ्यमा पर्ने यौनका विषयमा अझै पनि नेपाली समाज खुलेर छलफल गर्न असमर्थ छ। त्यसैले यस्ता खालका समाचार वा विचारलाई अश्लीलताको नाममा चर्चा परिचर्चा गरिन्छ। विभिन्न वेभसाइटमा आएका समाचारलाई वा विचारलाई पाच्य बनाउन हाम्रो समाजले अझै सकिरहेको छैन । त्यसै आज हामीले यौनशक्ति बढाउने केही खानेकुराका विषयमा चर्चा गर्छौँ ।

आफ्नो यौन जीवन सुखद र स्वस्थ राख्नका लागि दैनिक भोजनमा यौनशक्ति दिने खानेकुरा समावेश गर्नुपर्छ। हामीले प्रयोग गर्दै आइरहेका खरबुजालाई यौन शक्ति बढाउने एक महत्वपूर्ण फलको रुपमा हामीले लिनुपर्छ। यो प्राकृतिक भियग्राको नामले चिनिन्छ। यौन इच्छा तिब्र पार्न यसले सहयोग गर्छ।

यौनशक्ति बढाउने अर्को फलफूल केरा हो। केरामा पाइने ब्रोमेलिन नामको इन्जाइमले सेक्स हर्मोनलाई नियन्त्रण गर्छ। यसले यौन इन्छा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ। त्यस्तै हरियो तरकारीमा पाइने अमिनो एसिडले पनि यौन स्वास्थ्यलाई फाइदा गर्छ। हरियो खुर्सानी, फर्सीको बियाँ, डार्क चकलेटलेसमेत यौन इच्छा बढाउँछ। हामीले गाउँघरमा अण्डा गोरुलाई वा राँगालाई खुवाएको देखेकै छौँ। यसको प्रयोग पनि यौनशक्ति बढाउनका लागि हो। अण्डामा पाइनले भिटामिन बी ५ र बी ६ ले यौनशक्ति बढाउन सहयोग गर्छ।