सप्तरी / सप्तरीमा एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वडाध्यक्ष लक्ष्मी साहलाई पक्राउ गरेको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष साहलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको हो।

स्थानीय एक महिलाले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक भारतीले बताउनुभयो। पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।