सुनसरी/ सुनसरीको इटहरीस्थित कर्मचारी सञ्चय कोषको प्राङ्गण (नेपाल टेलिकम इटहरीको कार्यालयसँगै)मा राष्ट्रिय स्तरको मेला लाग्न खोज्दैछ। यसै बिषयलाई लिएर हामीले नेपाल उधमशिल महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीसँग कुराकानी गरेका छौँ।

# यो महिला उद्यमी मेलाको बिषयमा केहि भनिदिनु न।
* हामीले प्रदेश १ मा राष्ट्रिय स्तरको दोश्रो उद्मशिल मेला लगाउन लागिरहेका छौ। महासंघ यसको अन्तिम तयारीमा पुगेको छ। यो मेलामा एकसयवटा स्टलहरु रहने छन्।

# स्टलहरुमा के के राखिन्छ ?
* स्टलहरुमा महिला दिदीबहिनीसँग सम्वन्धित घरेलु उत्पादनहरुको प्रदर्शन हुनेछ।

# कहाँ कहाँबाट सहभागीहरु आउलान् ?
* एक नम्वर प्रदेशबासी वा अन्य क्षेत्रमा रहेका मानिसको समेत उपस्थिति हुनेछ। हामीले यसलाई बढि भन्दा बढि एक्सपोर्ट(निर्यात) सँग जोड्न खोजिरहेका छौँ।

# मेलामा के के हुन्छ ?
* नेपालको बिभिन्न भागहरुमा भएका उत्पादन एवं बस्तुहरुलाई अन्तराष्ट्रिय बजारले खाध्यान्नलगायतमा हामीहरु राजधानीको भृकुटि मण्डपमा मात्र सिमित नभएर प्रदेश नम्बर एकको इटहरीमा यो मेलाको आयोजना गरेका हौँ। यो सँगै हामी यो मेलाबाट केहि कुरा सिक्ने अवसर पाउनेछौ। अन्य जिल्लाका साथीहरुको तरिका वा आइडिया पनि सिक्नसक्छौ।

# आयोजकको तर्फबाट कस्तो सहभागिता होला ?
* एकै ठाँउमा ४० देखि ४५ जिल्लाको सहभागिता रहेको हुदाँ अनुभव आदान प्रदानको कुरा देखि लिएर बिभिन्न तालिमहरुको व्यवस्था पनि हामीले गरेका छौँ। यो मेलाको अवधि भित्र दुईसय जना महिलालाई तालिमको व्यवस्था गरिएको छ। अहिले हामीसँग तालिमको लागि ८० जनाको नाम बुक भईसकेको छ। उहाँहरुलाई तालिम पछि निरन्तर उत्पादनमा जोड्ने र उत्पादनपछि ब्यापारको ग्यारेन्टि पनि यो कम्पनिले गदैँ हिडेको अवस्था छ। महासंघ पनि आफै सक्षम हुने उद्वेश्यले उत्पादनको पाटो अहिले चाँहि आफैले हेरिरहेका छौँ। यस्ता बिभिन्न कुराहरुले उद्यमी बन्न इच्छुक साथिहरुलाई यो तालिमले प्रेरणा जागोस् भन्न चाहन्छु।

# यो उद्यमी मेलाबाट कस्तो फाईदा पुग्ला ?
* यहाँको अचार अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सक्ने अवस्था छ। अचार मात्रै नभएर जुनसुकै साना साना बस्तुहरुको प्रवर्धन गर्न सकिन्छ। यहाँ जतिवटा स्टलहरु लाग्छन् त्यो स्टलसगँ सम्बन्धित बस्तुहरुलाई हामीले जोड्न खोजिराखेका छौँ।

# मेलाको अन्य आकर्षण ?
* हामीले राष्ट्रिय स्तरका कलाकारलाई पनि ल्याउने कोशिस गरिराखेका छौ। एउटा मनोरञ्जनको पाटोसँगै बिभिन्न बस्तुको अवलोकन गर्न सकियोस् भनेर हामीले मनोरञ्जनको पाटोलाई पनि जोड्न खोजिरहेका छौँ। मुख्य आकर्षण भनेर धुर्मुस सुन्तलीलाई ल्याउने भएका छौँ उहाँहरु आउने निश्चित भईसकेको छ।

# अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
* मेलाको अवलोकन गरेर फाइदा लिनुहोस्। यो बिभिन्न कुराहरु सिक्नसक्ने अवसर पनि हो, यसलाई जो कसैले नगुमाउनुहोस्। युवा, उद्यमी, आमा बुबा दिदीबहिनी सबैलाई मेलामा सहभागी हुन पुनः आव्ह्वान गर्न चाहन्छु।