काठमाण्डाै / मानव विकास सूचकाङ्कमा नेपाल १४७औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ। ७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाण्डौमा सार्वजनिक गरेको मानव विकाससम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भए पनि नेपाल जस्तो देश मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ।

तर समग्र एसिया प्रशान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ। यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा द्रुत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ।

प्रतिवेदनअनुसार दक्षिण एसियाको मानव विकासको सूचक ४६ प्रतिशतले बढेको छ। एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा आयरल्या पछि थाइल्याण्ड दोस्रोमा रहेको छ। प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाइको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो।