काठमाण्डौ / बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले मंगलबार दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दैछिन्। 

‘हेड–टु–हेड च्यालेन्ज’को समूह विजेता बन्दै दोस्रो चरण प्रवेश गरेकी अनुष्काले मंगलबार इन्डोनेसियाकी प्रतिष्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गर्नेछिन्।

हेड–टु–हेड च्यालेन्ज अन्तर्गत समूह १० मा परेकी अनुष्काले टप ४० मा प्रवेश गर्न मंगलबारको प्रतिष्पर्धा पनि जित्नु पर्ने छ। दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिने र उनीहरुले मात्रै सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन्।

X69S6SOVYFNepal पहिलो चरणमा अनुष्काले तान्जानिया, जिब्राल्टार, पोल्याण्ड, मेक्सिको र द केमन आइल्याण्ड्सलाई पछि पार्दै समूह विजेता बनेकी थिइन्।

नेपालको प्रतिनिधित्व गर्दै बेलायतको लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ पर्पस र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन्। मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ।